काठमाडौं । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीले बनाएको चलचित्र 'ह्रस्व दीर्घ' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टर अभिनेत्री विपना थापा र साउथ अभिनेता प्रदीप रावतलाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा अभिनेता रावत चन्दन र रूद्राक्ष माला लगाएका उनी धार्मिक गुरूजस्तो देखिएका छन् भने कालो पहिरनमा विपना थापा देखिएकी छिन्।
हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको 'ह्रस्व दीर्घ' लाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। चलचित्रमा नेपालीसँगै भारतीय चर्चित कलाकारहरूको अभिनय छ।
नीता र हरिहरसँगै विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नेपाली कलाकारले अभिनय गरेका छन्। भारतीय कलाकारमा प्रदीपसँगै ब्रह्मानन्दमसहितका कलाकारहरूको अभिनय छ।
नेपाल र भारतमा खिचिएको चलचित्रलाई कबीर लालले छायांकन गरेका छन्। नेपाली र तेलुगू भाषामा बनेको चलचित्र आउँदो असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।


