काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने चलचित्र ‘१२ गाउँ’को शुभमुहूर्त गरिएको छ ।
सोमबार ललितपुरस्थित हात्तीबनमा चलचित्रको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । सोहि चलचित्रबाट समीर भट्ट डेब्यु गर्दैछन् ।
चलचित्रमा अभिनेत्रीमा सनिशा भट्टराई र न्यान्सी खड्काको पनी यो डेब्यु चलचित्र हो ।
चलचित्रमा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायतका पनि कलाकारको पनि अभिनय रहनेछ । महेश पौडेल छायांकन रहेको चलचित्रको विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ ।
विराजका छोरा समीरले लामो समयदेखि मुम्बई बसेर अभिनय, नृत्य, मार्सल आर्ट तथा द्वन्द्वको कक्षा लिएका थिए । विराजले ‘१२ गाउँ’बाट छोराको डेब्यु निश्चित गर्दै आफ्नो सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गरेका थिए, त्यसपछि धेरै मेकरको नजर समीरमा परेका हुन् । उनलाई नेपाली सिनेमा क्षेत्रका अबका स्टारको रुपमा हेरिएको छ ।


