काठमाडौं । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पुजार सार्की’ जेठ १० गतेदेखि प्रदर्शन हुँदैछ।
यसैबीच अभिनेता पल शाहले चलचित्रमा आफ्नो भूमिकाका दुई तस्बिर सार्वजनिक गरेका छन्।जुन तस्बिरमा पल वृद्ध अवस्थामा देखिएका छन् भने उनलाई प्रहरीले पक्राउ गर्न खोजिरहेको देखिन्छ।
पलले फेसबुकमा लेखेका छन्,‘आज मैले पुजार सार्कीमा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनुभएको प्रेम अतुलनीय छ।’
‘पुजार सार्की’मा पल मेघराज खत्रीको रुपमा छन् । ती तस्बिरहरुले गर्दा फ्यानहरूमा उत्सुकता बढेको छ ।


