शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रदर्शनमा आउनुअघि नै दर्शकले हेरे चलचित्र ‘पुजार सार्की’

एक्सप्रेस पाना
जेठ ९, २०८१ बुधबार
  • 345
    SHARES
  • प्रदर्शनमा आउनुअघि नै दर्शकले हेरे चलचित्र ‘पुजार सार्की’

    काठमाडौं । भोलि बाट प्रदर्शनाम आउने नयाँ नेपाली चलचित्र ‘पुजार सार्की’ सार्वजनिक प्रदर्शनमा आउनुअघि नै दर्शकलाई देखाइएको छ ।

    images

    काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमा गरिएको सर्भेबाट छनोट भएका दर्शकलाई यो चलचित्र देखाइएको निर्देशक दिनेश राउतले बताए । मंगलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। त्यहाँ ‘पुजार सार्की’ का कलाकारहरूले पनि यो चलचित्र हेरेका थिए ।

    दर्शक छनोट गर्दा नेपाली चलचित्र लाई एकदमै प्रेम गर्ने, पुजार सार्की हेर्न व्यग्र प्रतीक्षा गरिरहेका, पहिलो रोजाइमा पुजार सार्की भएका लगायतको दृष्टिकोण राखिएको थियो ।

    images

    मंगलवार फिल्म हेरेका दर्शकले यो चलचित्रलाई अत्यधिक रुचाएका छन् । चलचित्रको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्काको बेजोड भूमिका, आर्यन सिग्देल तथा पल शाहको फरक भूमिका तथा निर्देशकिय क्षमताको खुलेर तारिफ भएको छ ।

    यो चलचित्रमा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण पनि दर्शकको प्रतीक्षामा रहेको छ ।

    ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ । चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।

    प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाश लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् भने चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।