काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार एक कार्यक्रमका आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन। ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ ।
चलचित्रको कथा छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ राई) वरपर घुम्छ । ट्रेलर पनि यी नै बाबुछोराको मायाबाट सुरु भएको छ। लाहुरेले ल्याउने उपहार र त्यसले गरिब परिवारमा आउने उतारचढावको कथा ट्रेलरमा देखाईएको छ।
गाउँमा बाटो र मोटर आएपछि भोजपुरको राई परिवारमा निम्तिएको संकट चलचित्रको मूल सार हो। लाहुरेले ल्याउने उपहार र सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, चाउचाउ, त्रिपाललगायतले मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथालाई पर्दामा उतारिएको छ ।


