शुक्रबार, श्रावण २९ गते २०८३
images
images

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत

एक्सप्रेस पाना
जेठ १५, २०८१ मंगलबार
  • 289
    SHARES
  • १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    images

    मंगलबार संघीय संसदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको आय-व्ययको अनुमान विवरण पेश गरेका हुन्।

    कूल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।

    images

    पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

    यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

  • सम्बन्धित विषय:

  • # बजेट