शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज सुरेन्द्र पाण्डे नियुक्त हुँदै

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 333
    SHARES
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज सुरेन्द्र पाण्डे नियुक्त हुँदै

    काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। 

    images

    न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। 

    एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो। 

    images

    ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई  मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको हो।

    मंगलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन। कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने छ। 

    कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। 

    पाण्डे मुख्यमन्त्री बने पनि गण्डकी सरकार स्थिर बन्ने अवस्था भने छैन। गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो।

    गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। उनलाई ३१ सांसदको समर्थन जुटाउन हम्मेहम्मे पर्ने अनुमान गरिएको छ।  

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • # सुरेन्द्र पाण्डे