शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 439
    SHARES
  • चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ मा अभिनेत्री अन्जना बराइली अनुबन्धित भएकी छिन्। 

    images

    निर्माण टिमले एक पोस्टर सेयर गर्दै बराइली चलचित्रमा मुख्य भूमिकाको लागि जोडिएको जानकारी दिएको हो। 

    ‘महापुरुष’ बाट डेब्यु गरेकी अन्जनाको मुख्य भूमिका रहेको ‘पुजार सार्की’ हलमा प्रदर्शनरत छ। बक्सअफिसमा राम्रो व्यापार गरिरकेको चलचित्रमा अन्जनाको अभिनयको तारिफ भइरहेको छ।
     
    चलचित्रमा यसअघि गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छ्न। 

    images

    चलचित्रलाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो भने चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन्।

    यो चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ।  चलचित्रको सुटिङ जेठको २१ गतेबाट सुरु हुनेछ।

    रमेश चौलागाईं र हरि श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता हुन् भने महेश दवाडीको पटकथा तथा संवाद रहन चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ।
     

  • सम्बन्धित विषय:

  • # पूर्ण बहादुरको सारंगी’