शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 257
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

    images

    प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।

    अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् ।
    आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३)बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    images

    १४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुरेन्द्रराज पाण्डे