शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
जेठ १७, २०८१ बिहीबार
  • 351
    SHARES
  • चलचित्र 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र 'छक्कापञ्जा ५' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

    images

    बिहीबार देखि छायांकनमा जान लागेको चलचित्रको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिसमेत सार्वजनिक गरिएको छ । 

    पोस्टरमा दीपकराज गिरी र केदार घिमिरे(माग्ने बुढा) सहित अभिनेत्री वर्षा शिवाकोटीलाई देखाइएको छ ।  वर्षा चलचित्रमा मुख्य भुमिकामा देखिने बताइएको छ । 

    images

    चलचित्र दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा  प्रर्दशनमा आउने छ ।  

    आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

    उनले यसअघि ‘छक्का पञ्जा’ का तीनवटा शृंखलालाई निर्देशन गरेकी थिइन्। 

     

  • सम्बन्धित विषय:

  • # 'छक्कापञ्जा ५'