शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ज्वाईँ साब’ को छायांकन सुरु, जीतु नेपाल र नीति मुख्य भुमिकामा

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 335
    SHARES
  • चलचित्र ‘ज्वाईँ साब’ को छायांकन सुरु, जीतु नेपाल र नीति मुख्य भुमिकामा

    काठमाडौं । निर्देशक वसन्त निरौलाको चलचित्र ‘ज्वाईँ साब’ को छायांकन सुरु भएको छ । 

    images

    शुक्रवार  चित्लाङको भैरव मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो ।

    एक महिनासम्म विभिन्न फरक लोकेशनमा छायांकन गरिएको यो चलचित्र चित्लाङमा भने करिव तीन सातासम्म खिचिने छ । 

    images

    चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल तथा नीति शाहसहित चलचित्रका क्रिउ मेम्बरहरुले मन्दिरमा पूजा गरेका हुन् । चलचित्रमा जीतु नेपाल शीर्ष भूमिकामा देखिदैँछन् भने नीति शाहले उनलाई जोडीको रुपमा साथ दिँदैछिन् ।

    उनीहरुसहित चलचित्रमा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहने छ ।

    चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहने छ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो

    चलचित्रका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन् । चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

    चलचित्र ‘ज्वाइँ साब’ लाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिएका छन् । सामाजिक कथालाई कमेडी शैलीमा फिल्ममा भन्न लागिएको उनले जानकारी दिए । चलचित्रलाई यही वर्षको तिहारमा रिलिज गर्ने तयारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # ‘ज्वाईँ साब’