आइतबार, भाद्र २८ गते २०८३
images

वर्तमान सत्तासमीकरणमा कुनै समस्या छैन, माधव नेपाल बुढानिलकण्ठ जानु स्वभाविक हो :प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 279
    SHARES
  • वर्तमान सत्तासमीकरणमा कुनै समस्या छैन, माधव नेपाल बुढानिलकण्ठ जानु स्वभाविक हो :प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्तासमीकरणमा कुनै समस्या नरहेको बताएका छन्। 

    images

    शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरूले राखेको जिज्ञासाको जवाफमा दाहालले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्तासमीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

    उनले सत्तासमीकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बुढानिलकण्ठ गएको भन्दै यसलाई स्वभाविक रुपमा लिन आग्रह गरेका छन् । 

    images

    त्यस्तै, प्रधानमन्त्री दाहालले जनतामा उत्साह जगाउने गरि बजेट आएको उल्लेख गर्दै सदनमा बजेटको छलफलमा सक्रिय रुपमा सहभागीता जनाउन निर्देशन दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल