काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा चलचित्रमा मुख्य भूमिकामा रहेकी स्वस्तिमालाई स्थान दिइएको छ।
ट्याक्टरमाथि चढेकी उनले औँला ठड्याउँदै कसैलाई थर्काइरहेको पोस्टरमा देख्न सकिन्छ।
अभिनेत्री स्वस्तिमाले यस चलचित्रमार्फत निर्मात्रीमा डेब्यु गर्दै छिन्। स्वस्तिमा खड्कासहित चलचित्रमा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि लगानी हुनेछ।
चलचित्रलाई सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्।
चलचित्रमा स्वस्तिमा र निश्चलसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायत कलाकारले अभिनय गर्ने छन्।
चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन्। चलचित्र आगामी दसैँमा रिलिज गर्ने योजना छ।


