शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ :कांग्रेस सांसद खतिवडा

एक्सप्रेस पाना
जेठ २०, २०८१ आइतबार
  • 298
    SHARES
  • मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ :कांग्रेस सांसद खतिवडा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । 

    images

    आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गर्दै उनले मिडिया ट्रायल गरेर, ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरेका हुन् । उनले यो काम तत्काल बन्द गर्नका लागि रूलिङको माग गरे । 

    उनले भने, “ गणतन्त्र दिवसको दिन उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,” “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने ? कुन कानुन र नियममा छ ?यसरी मुलुक चलाउने ?”

    images

    उनले २००७ सालदेखि हुकुमी शासनविरुद्ध लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । 

  • सम्बन्धित विषय:

  • # रामहरि खतिवडा