शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संसदमा ज्ञानेन्द्र शाहीले भने सन्दीपले भिसा नपाउनु भनेको सिङ्गो देशमाथि भएको अपमान हो

एक्सप्रेस पाना
जेठ २०, २०८१ आइतबार
  • 285
    SHARES
  • संसदमा ज्ञानेन्द्र शाहीले भने सन्दीपले भिसा नपाउनु भनेको सिङ्गो देशमाथि भएको अपमान हो

    काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएकोमा संसद मौन देखिएको भन्दै आपत्ति जनाएका छन्।

    images

    आइतबार बसेको प्रतिनिधीसभा बैठकमा बोल्दै उनले अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको बताएका हुन् । 

    उनले भने, ‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन । सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो’, ।

    images

    उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको अवस्थामा अमेरिकाले सन्दीपलाई भिसा अस्वीकृत गर्नु पञ्चशीलको सिद्धान्तविपरीत हुने बताए।

    ‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही