शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘गाउँ आएको बाटो’को नयाँ गीत  ‘राई माइला’ सार्वजनिक

एक्सप्रेस पाना
जेठ २०, २०८१ आइतबार
  • 390
    SHARES
  • चलचित्र ‘गाउँ आएको बाटो’को नयाँ गीत  ‘राई माइला’ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नयाँ गीत  ‘राई माइला’ सार्वजनिक भएको छ । 

    images

    श्रवण मुकारुङको शब्द रचना, कालीप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईलाई प्रस्तुत गरिएको छ । 

    गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । 

    images

    बुसान, टोरोन्टोलगायत २० भन्दा बढी फिल्म फेस्टिभल पुगेको यो चलचित्र जेठ २५ देखि प्रदर्शनमा आउँदैछ ।  चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् । 

    चलचित्रमा गाउँमा आएको बाटोले एउटा परिवारमा ल्याउने परिवर्तन देखाएको छ । मेन्छ्यायेम फिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त ब्यानरमा निर्मित यो चलचित्रको निर्माता अमोद राई हुन् ।

    चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बा बताउँछन् ।

    बुवा–छोराको सम्बन्धमा आधारित यो चलचित्रमा माइलीको भूमिकामा पशुपति राई र बिन्द्रे चरित्रमा बाल कलाकार प्रसन राईको अभिनय रहेको छ ।

  • सम्बन्धित विषय:

  • # गाउँ आएको बाटो