काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पीडितको बैना फिर्ता गर्न अनुरोध गरेका छन् ।
उनले सोमबार सामाजीक सञ्जाल फेसबुकमार्फत यस्तो बताका हुन् । उनले बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाएको आरोप लागएका छन् ।
मेयर शाहले एउटा कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनसमेत आग्रह गरेका छन् ।
उनले लेखेका छन्, "१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला ।"




