शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल अनुबन्ध

एक्सप्रेस पाना
जेठ २१, २०८१ सोमबार
  • 553
    SHARES
  • चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल अनुबन्ध

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा विजय बराल अनुबन्ध भएका छन् । 

    images

    निर्माणपक्षले विजयसँगै बुद्धि तामाङ, प्रकाश सपूत, मुकुन भुसाल, विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्ध भइसकेका छन् । 

    गन्धर्व परिवारको कथामा आधारित ‘सोसल ड्रामा’को नायिकामा अञ्जना बराइली छन् । बालकलाकारमा जान्भी पौडेल र स्वायम केसीको अभिनय रहनेछ ।

    images

    चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् भने चलचित्रको लेखक पनि उनी स्वयं हुन् । 

    विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने चलचित्रको रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
     

  • सम्बन्धित विषय:

  • # ‘पूर्ण बहादुरको सारङ्गी’
  • # विजय बराल