शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘होस्टेल ३’मा रिहान, पदम र सिम्रन

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 301
    SHARES
  • चलचित्र ‘होस्टेल ३’मा रिहान, पदम र सिम्रन

    काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ ।

    images

    तीन जना कलाकारको ‘होस्टल ३’ डेब्यू चलचित्र हुनेछ । यसअघि चलचित्रमा भिडियो कन्टेन्ट क्रिएटरका रुपमा परिचित पारस बम ‘कुल ब्वाइ’ अनुबन्धित भइसकेका छन् ।

    रिहान भुटानी नागरिक हुन् । उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन् । चलचित्रमा उनी ‘मानव’ पात्रका रुपमा देखिनेछन् ।

    images

    त्यस्तै पदम सिक्किमका कमेडियन हुन् । उनी नेपालको पूर्वी क्षेत्रमा रुचाइएका कलाकार हुन् । चलचित्रमा उनको पात्रको नाम ‘जिते’ रहनेछ । यस्तै सिम्रनले मुम्बई र नेपालमा अभिनयको प्रशिक्षण लिएकी छन् ।

    चलचित्र निर्देशक सशान कँडेलले होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथा चलचित्रमा हुने बताए । 

    चलचित्रमा सशानको कथा, माधव शर्माको पटकथा तथा संवाद छ । सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा शिशिर ज्ञवाली निर्माता, शंकर कोइराला कार्यकारी निर्माता, सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह–निर्माता तथा कर्ण कार्की लाइन प्रोड्युसर छन् ।