शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 194
    SHARES
  • चलचित्र ‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

    काठमाडौं । शुक्रबारबाट रिलिज हुने चलचित्र ‘लण्डन टु पेरिस’लाई केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)ले ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट दिएको छ। 

    images

    यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले चलचित्र हेर्न पाउनेछन्।

    घनश्याम लामिछाने निर्देशित चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ।

    images

    चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन्।

    सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन्।

  • सम्बन्धित विषय:

  • # ‘लण्डन टु पेरिस