काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन्।
नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् । मोदीले शनिबार शपथ लिँदैछन्।
मोदीले बुधबार नै दाहालसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।
मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ ।
५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ ।



