शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
जेठ २४, २०८१ बिहीबार
  • 218
    SHARES
  • चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक

    काठमाडौं । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । 

    images

    पोस्टरमा चलचित्रका मुख्य कलाकार अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी अटाएका छन् । 

    अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन् । उनको पछाडि उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् । चलचित्रमा वर्षा र अमरको जोडी देख्न सकिनछ । 

    images

    शङ्कर कोइराला निर्देशित चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको घटनामा आधारित रहेर बनेको हो । चलचित्रमा अमर र वर्षासहित रेजिना उप्रेती, प्रविण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ । 

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्र आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम(माइकल)को प्रोडक्शन डिजाइन रहेको फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

     

  • सम्बन्धित विषय:

  • # ‘मोदीबेनी