शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असार ६ देखि ९ गते सम्म

एक्सप्रेस पाना
जेठ २५, २०८१ शुक्रबार
  • 260
    SHARES
  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असार ६ देखि ९ गते सम्म

    काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । 

    images

    महोत्सवको ओपनिङ चलचित्र नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ हुनेछ । फिडेल देवकोटाको निर्देशन रहेको चलचित्र ‘द रेड सुटेकस’ समापन सिनेमाको रूपमा रहनेछ ।  

    महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ चलचित्र स्क्रिनिङ हुनेछन् ।
     
    ६ असारदेखि ९ गते सम्म हुने महोत्सव उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीद्वारा जारी प्रेस नोटमा उल्लेख छ । महोत्सवका चलचित्र एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ ।  
     
    राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् । महोत्सव अवधिभर चलचित्र र संस्कृति, महिला ‘प्यानल’मा छलफल, चलचित्र निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुनेछ । 

    images