काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को शुभ मुहूर्तसँगै आइतवारदेखि छायाङ्कन प्रारम्भ भएको छ ।
पाँचथरको साधुटारबाट छायाङ्कन प्रारम्भ गरिएको जानकारी दिँदै निर्देशक नवीन चौहानले ३५ दिनको सेड्यूलमा छायांकन पुरा गर्ने तयारी रहेको बताए ।
चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । विपिन र मिरुनाले तीन दिनपछि फ्लोर ज्वाइन गर्ने छन् ।
चलचित्रमा एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने सह–लेखन सुरज कटुवालले गरेका छन् ।
चलचित्रलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले छायांकन गरिरहेका छन् ।


