शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ह्रस्व दीर्घ’ मा नीताको पहिलो लुक्स सार्वजनिक

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 445
    SHARES
  • चलचित्र ‘ह्रस्व दीर्घ’ मा नीताको पहिलो लुक्स सार्वजनिक

    काठमाडौं । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ(आफ्नो चरित्रमा देख्न सकिन्छ ।

    असोज ३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । 

    images

    चलचित्रमा नेपाली र दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

    हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रलाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड सिनेमा खिचेका छन् ।

    चलचित्रको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । चलचित्रमा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ‘ह्रस्व दीर्घ’