शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक

एक्सप्रेस पाना
जेठ ३०, २०८१ बुधबार
  • 316
    SHARES
  • चलचित्र ‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक

    काठमाडौं । गत शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली चलचित्र ‘लण्डन टु पेरिस’ को नयाँ गीत ‘हतारले’ सार्वजनिक भएको छ ।

    images

    मंगलवार युट्यूबमा रिलिज गीतमा चलचित्रका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।

    चलचित्रको यो गीतमा सलिन मगरको शब्द, संगीत र स्वर रहेको छ । हाल प्रदर्शनरत चलचित्रले दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएको छ । विशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको कमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । 

    images

    घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमासहित कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।

    एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यो चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

     

  • सम्बन्धित विषय:

  • # लण्डन टु पेरिस
  • # हतारले