शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शनमा आउने

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 327
    SHARES
  • चलचित्र ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शनमा आउने

    काठमाडौं । संजोग राईको निर्देशनमा बनेको चलचित्र ‘देवी’ आगामी भदौ २१ मा प्रदर्शन हुने भएको छ। 

    images

    शिल्पाको मास्केको मुख्य भूमिका रहेको चलचित्रको निर्माण पक्षले फस्टलुक सार्वजनिक गर्दै  प्रदर्शन मिति तय गरेको हो । रहस्यमय पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई देख्न सकिन्छ। नेपथ्यमा भने कसैको हत्या गरिरहेको दृश्य पनि छ।

    चलचित्रको पटकथा निर्देशक राई र अजय गौतमले लेखेका छन्। सार्वजनिक पोस्टरले विद्रोहको कथा भन्न खोजेको अनुमान लगाउन सकिन्छ ।

    images

    एक्जिबिटको प्रस्तुति रहेको यो चलचित्र बाँसुरी फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रको निर्मातामा पनि निर्देशक राईसहित रेमन गुरुङ र नारायण गुरुङ छन् भने सहनिर्मातामा उजेन नोर्बु गुरुङ र मिलन लामा छन्।