शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'बाटो– रोड टु डेथ' आज देखि प्रदर्शन

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 373
    SHARES
  • चलचित्र 'बाटो– रोड टु डेथ' आज देखि प्रदर्शन

    काठमाडौं । नयाँ स्वाद र शैलीमा बनेको नेपाली चलचित्र 'बाटो– रोड टु डेथ' आज देखि प्रदर्शनमा आएको छ। 

    images

    चलचित्रमा काम गरेका मदन थापाले यसको लेखन, निर्देशन एवं सम्पादन गरेका हुन्। 

    चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, आशान्त शर्मा, सुलक्षण भारती, पशुपति राई, उत्पल झा लगायतको अभिनय छ।

    images

    चलचित्रको पोस्ट–प्रोडक्सनको सबै काम भारतको चेन्नईको गरिएको हो। ओटिटी प्लेटफर्ममा लैजाने सोचले गुणस्तरमा सम्झौता नगरी काम गरिएको निर्देशक मदन थापाले बताए। 

    काठमाडौं फिल्मसको प्रस्तुति रहेको ुबाटोु का निर्माता चन्दन झा हुन्। चलचित्रलाई हिन्दी, तमिल, तेलुगू र अंग्रेजीमा पनि तयार गरेर दर्शकमाझ ल्याउने तयारी छ।

  • सम्बन्धित विषय:

  • # बाटो– रोड टु डेथ