शुक्रबार, श्रावण २९ गते २०८३
images
images

टी२० विश्वकप- नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 348
    SHARES
  • टी२० विश्वकप- नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै

    काठमाडौं । टी-२० विश्वकप अन्तर्गत नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ ।

    images

    समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५:१५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो । यो खेल सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा हुदै छ ।

    जारी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले तीन खेलमा लगातार जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यस अघि श्रीलंका, बंगलादेश र नेदरल्याण्डसलाई पराजित गरेको थियो ।

    images

    नेपालका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा हार बेहोरेमा नेपाल  सुपर आठमा पुग्न असफल हुने छ ।

    दक्षिण अफ्रिका र नेपाल सिनियर तहमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # टी२० विश्वकप