शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चुरे क्षेत्रको संरक्षणमा सरोकारवाला निकायको समन्वय अपरिहार्य छ: प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
आषाढ २, २०८१ आइतबार
  • 267
    SHARES
  • चुरे क्षेत्रको संरक्षणमा सरोकारवाला निकायको समन्वय अपरिहार्य छ: प्रधानमन्त्री दाहाल

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।

    images

    आइतबार दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तराई मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताएका हुन् । 

    प्रधानमन्त्री दाहालले भने,“चुरे क्षेत्रको संरक्षणमा संघीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,” ।“तराई मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो ।” 

    images

    विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागु गर्नुपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि अलग्गै ऐनको आवश्यकता देखिएकाले त्यसका लागिसमेत सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल