शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा ऐनमा समेट्न गम्भीर रुपले पहल गरौँ : विश्वप्रकाश शर्मा

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 261
    SHARES
  • अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा ऐनमा समेट्न गम्भीर रुपले पहल गरौँ : विश्वप्रकाश शर्मा

    काठमाडौ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले इनार सफा गर्ने क्रममा कामदारको मृत्यु भइरहेको विषयमा सरकारको ध्यानकर्षण गराएका छन् । 

    images

    मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सोमबार सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको प्रसंगमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई आग्रहसमेत गरेका हुन् । 

    शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्ने भन्ने व्यवस्थामा सरकारले गम्भीर पहल गर्नुपर्ने  बताए । 

    images

    उनले भने,"वीरेन्द्रनगरमा इनार सफा गर्दै गर्दा ३२ वर्षका विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भए, उपचारका लागि अस्पताल लगियो, सोमबार अपराह्न  मृत्यु भयो,’ । ‘यो प्रकृतिका घटना हुँदै जान्छन्, भित्री पृष्ठमा सामान्य समाचार आउँछ। हामी पढ्छौं, बिर्सन्छौं,’ । ‘इनार सफा गर्दै गर्दा बेहोस भई मृत्यु भएका श्रमिकको बिमा छ? छैन,’ । ‘राहत दिने व्यवस्था छ? त्यो पनि छैन।  इनार सफा गर्दैगर्दा कसैले मर्नु नपरोस्,"। 

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा