शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राजेन्द्र लिङ्देनले रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका किन च्याते ?

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 269
    SHARES
  • राजेन्द्र लिङ्देनले रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका किन च्याते ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

    images

    मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

    उनले भने,"सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ नहुर्‍याएर यहाँ (पोडियम) राख्छु मैले", । 

    images

    लिङ्देनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरिएको बताए । 

  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन