शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनसेलले ल्यायो ‘मेरो नम्बर,मेरै च्वाइस’ योजना

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 290
    SHARES
  • एनसेलले ल्यायो ‘मेरो नम्बर,मेरै च्वाइस’ योजना

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ ।

    images

    यो योजनाअन्तर्गत आफूलाई मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सकिने एनसेलले जनाएको छ ।

    “चाहे त्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिन होस्, तपाईंको सवारीसाधनको नम्बर होस् वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैँको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैँ अन रहन सक्नुहुन्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images

    आफ्ना प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सकिनेछ । उदाहरणका निम्ति, श्रीमान्‌ले अन्तिमको ६ अंक हहह९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतीले मिल्दोजुल्दो हहह९४१ लिन सक्छिन् ।

    यो योजनाको मोबाइल नम्बर ९७०५ रेन्जबाट सुरु हुन्छ । यो प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने कम्पनीले जनाएको छ ।

    “ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएरनभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन्,” विज्ञप्तिमा उल्लेख छ, “हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता हो ।” 

    एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, “मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ । आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना सञ्चालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौँ ।”

    यो योजनाअन्तर्गत ९७०५ रेन्जबाट नम्बर छनोट गर्न नौ लाख बढी मोबाइल नम्बर उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भ बेसिसमा उपलब्ध नम्बर वितरण गर्नेछ । यो सिम एनसेलले हाल सञ्चालन गरिरहेको ‘सधैँ अन’अन्तर्गत ५९९ देखि १,४९९ रुपैयाँसम्मको प्लानमा बन्डल सेवाका रूपमा उपलब्ध गराउनेछ ।

    ‘सधैँ अन’ योजनाका प्लानअन्तर्गत ग्राहकले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन् । ८१२३३ डायल गरेर ‘सधैँ अन’ प्लानहरू सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

    बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२ सेन्टरमध्ये कुनैमा गई लिन सक्नेछन् । काठमाडौं उपत्यकामा कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ ।

    बुकिङ गराएको नम्बर सात दिनभित्र नलिए उक्त नम्बर बुकिङको सूचीबाट स्वतः हट्नेछ  । त्यसपछि उक्त नम्बर अरू ग्राहकले पनि लिन सक्ने एनसेलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एनसेल