शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

एक्सप्रेस पाना
आषाढ ५, २०८१ बुधबार
  • 284
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । 

    images

    बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

     त्यस्तै आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images

    यस्तै, विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि रहेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा