शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राजनीतिमा महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुनेमा विश्वस्त छु :सभापति देउवा

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 264
    SHARES
  • राजनीतिमा महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुनेमा विश्वस्त छु :सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् । 

    images

    बिहिबार काठमाडौंमा आयोजित ‘लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेमा राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने  बताए । 

    उनले भने, "महिलाहरूको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरूलाई ठाउँ दिइएको छ,’। ‘त्यसले गर्दा महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ ।"

    images

    नेपाल पनि महिला राष्ट्रपति भइसकेको उल्लेख गर्दै सभापति देउवाले महिलालाई आफू योग्य र सक्षम बन्न आग्रह गरे ।

    "अहिले संसारभर नै महिलाहरूको अधिकारका लागि महिलाहरूको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ,’। ‘नेपालमा पनि महिला राष्ट्रपति हुनुभएको छ । विद्या भण्डारीजी दुई पटक हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ । महिलाहरूले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ ।" उनले भने । 

     

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा