काठमाडौं । भोलिदेखि प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘दान्भी’ लाई देशैभरीका सिनेमा हलहरुले उत्साहजनक शो प्रदान गरेका छन् ।
चलचित्रका लागि बुधवारदेखि नै मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । क्युएफएक्सनले पहिलो दिन अर्थात भोलि शुक्रवारका लागि चलचित्रलाई काठमाडौंमा १६ तथा बाहिर ३१ शो उपलब्ध गराएको छ ।
आईएनआईले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब, बिएसआर, बिग मुभीज, रञ्जना सिनेप्लेक्स लगायतका मल्टिप्लेक्स हलमा पनि चलचित्रले उत्साहजनक शो पाएको छ ।
उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका प्रमुख सहरसहित ५५ वटा सिनेमा हलमा चलचित्र रिलिज हुँदैछ ।
रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्माले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी छिन् ।
चलचित्रमा पूजासंगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ । यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।
चलचित्रमा सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज कोरियोग्राफी छ ।
चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।


