शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणमा छानबिन गर्न महामन्त्री शर्माको माग

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 306
    SHARES
  • गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणमा छानबिन गर्न महामन्त्री शर्माको माग

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न माग गरेका छन् । 

    images

    बिहीबार काठमाडौंमा आयोजित नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    गिरीबन्धु प्रकरणमा कांग्रेसले कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए फाइल खोल्न र छानबिन समिति बनाउन माग गरे । 

    images

    उनले भने,"हामीमा आवेग कतिसम्म छ भने, तपाईँहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरिबन्धु प्रकरणमा काँग्रेसले ९१ बिगाहा जग्गा बेचेर कमिसन खायो । त्यो कपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।"

    महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।

  • सम्बन्धित विषय:

  • # गिरीबन्धु टी–इस्टेट
  • # कांग्रेस