शुक्रबार, भाद्र २६ गते २०८३
images

आजदेखि नेपाली दुई चलचित्र ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा

एक्सप्रेस पाना
आषाढ ७, २०८१ शुक्रबार
  • 376
    SHARES
  • आजदेखि नेपाली दुई चलचित्र ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा

    काठमाडौं । आजदेखि २ नेपाली चलचित्र  ‘दान्भी’ र ‘आचार्य’ प्रदर्शनमा आएका छन्।

    images

    फ्राईडे रिलिज अन्तर्गत एकसाथ आएका यी दुई मध्य ‘दान्भी’ नयाँ चलचित्र हो, भने ‘आचार्य’ १३ वर्ष अगाडिको एक पटक प्रदर्शनमा आइसकेको चलचित्र हो । चलचित्रले दर्शकको साथ राम्रो पाउने अपेक्षा दुवै चलचित्रका निर्माताहरुले गरेका छन् ।

    चलचित्र ‘दान्भी’ अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिएको चलचित्र हो। रूपेश तामाङ निर्देशित चलचित्रमा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ । 

    images

    पवन राना मगर कार्यकारी निर्माता, देव मगर तथा अनुप गडाल निर्माता रहेको चलचित्रको कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन् । 

    सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको नृत्य छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेको हो ।

    त्यस्तै चलचित्र ‘आचार्य’ १३ वर्ष अघि नै निर्माण भएर पनि प्रर्दशनमा आएको हो । स्वर्गिय गायक भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले चलचित्र फेरि प्रदर्शनमा ल्याइएको हो । सिल्क रोड पिक्चर्सले निर्माण गरेको चलचित्रमा भक्तराजको निधन पश्चातका केही दृष्य थप गरिएका छन् ।

    चलचित्रमा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन काकीलगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ ।

    प्रशान्त रसाइलीले निर्देशित चलचित्र रोशन राईले निर्माण गरेका हुन् ।  

  • सम्बन्धित विषय:

  • # ‘आचार्य’
  • # ‘दान्भी’