काठमाडौं । नेपाली चलचित्र ‘सतीदेवी’को ‘लैजा दैव’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा छोरी भएर जन्मेको कारण समाज र परिवारबाट भोग्नुपरेको पीडा समेटिएको छ। चदचित्रका निर्देशक लक्ष्मण सुवेदीको शब्द रहेको गीतमा सुवास भुसालको संगीत रहेको छ भने ममता गुरुङको स्वर रहेको छ ।
अभिनेत्री मलिका महत मुख्य भूमिका रहेको चलचित्रमा छोरीको महत्वलाई बुझाउन खोजिएको छ।
चलचित्रमा हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ।
आगामी साउन ४ गते प्रदर्शन हुने चलचित्रमा श्रीदेवी सुवेदी र विशाल सुवेदीको लगानी रहेको छ ।


