काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो ।
प्रमुख सचेतक रमेश लेखकले आगामी आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयक अब प्रतिनिधिसभाको आउने बैठकहरूमा निर्णयार्थ प्रस्ततु हुने कार्यसूची रहेकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको जानकारी दिए ।
उनले भने,"आगामी आर्थिक वर्ष २०८१र०८२ को विनियोजन विधेयक अब प्रतिनिधिसभाको आउने बैठकहरूमा निर्णयार्थ प्रस्ततु हुने कार्यसूची रहेको छ । त्यसो भएकाले ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदासम्मका सबै बैठकहरूमा सबै मान्य सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्छ भनेर आजको संसदीय दलले निर्णय गरेको छ,।”



