शुक्रबार, आश्विन २३ गते २०८३
images

सांसद विश्वप्रकाश शर्माको प्रश्न- जिबी राईको लोकेशन पत्ता लाग्दा पनि पक्राउ किन गरिएन ?

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 331
    SHARES
  • सांसद विश्वप्रकाश शर्माको प्रश्न- जिबी राईको लोकेशन पत्ता लाग्दा पनि पक्राउ किन गरिएन ?

    काठमाडौं । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईको लोकेशन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनि प्रश्न गरेका छन् ।

    images

    आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेअभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनि प्रश्न गरेका हुन् ।

    उनले लोकेशन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनि प्रश्न गरे । 

    images

    उनले भने,"सहकारी ठगिमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगिमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ,’। ,‘त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली होरु केटाकेटीपन हो ? या भगाउने नियत हो ?’लोकेशन पत्ता लागिसकेको भनेको जिबि राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेशन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने रु कि सरकार चाँडै नै जिबि राईलाई हाजिर गराउँदैछ? देशलाई जिबिको लोकेशन चाहिएको होइन । जिबि राई चाहिएको हो ।"

    उनले गृहमन्त्रीले लोकेशन पत्ता लागेको जानकारी दिएको ४ दिन बितिसकेको भन्दै सरकारले कहिले जिबि राईलाई हाजिर गराउने हो स्पष्ट पार्नुपर्ने बताए ।

    उनले मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धी नचाहिने बताए ।

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा