शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘खुस्मा’को २ नयाँ पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 428
    SHARES
  • चलचित्र ‘खुस्मा’को २ नयाँ पोस्टर सार्वजनिक

    काठमाडौं । असोज ३ गतेदेखी प्रर्दशनमा आउने चलचित्र ‘खुस्मा’को २ नयाँ पोस्टर सार्वजनिक गरेको छ।

    images

    अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रको दुई मध्ये एक पोस्टरमा चलचित्रका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ भने दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ। 

    चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ।

    images

    चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ।

    चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ। 

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘खुस्मा’