काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन्।
उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गरेकी हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले नजिकको आफन्त र साथीभाइको उपस्थितमा आइतबार विवाह गरेका हुन्।
सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म नोटबुकु बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म डबल एक्सएलु मा एकसाथ काम गरेका थिए।


