काठमाडौं । अफगानिस्तान जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा अल आउट हुदै १०५ रन बनाएको थियो । बर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।
अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल विहिबार बिहान ६:१५ बजेदेखि शुरु हुदै छ ।
योसंगै अस्ट्रेलिया र बंगलादेश भने विश्वकपबाट बाहिरिएका छन् ।


