शुक्रबार, श्रावण २९ गते २०८३
images
images

देश समृद्ध बन्न सबै मिलेर अगाडी बढ्नुपर्छ :सभापति  देउवा

एक्सप्रेस पाना
आषाढ ११, २०८१ मंगलबार
  • 249
    SHARES
  • देश समृद्ध बन्न सबै मिलेर अगाडी बढ्नुपर्छ :सभापति  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । 

    images

    मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । 


    उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए । सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने उनको भनाइ थियो । 

    images

     उनले भने,"तपाईंहरू सबै एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ । भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस् । साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुत पार्नुस् । यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस् । त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ"  ।

    सभापति देउवाले आदिवासी, जनजातिका मागहरू सम्बोधन गर्न आफू लाग्ने प्रतिवद्धता जनाए ।

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा