शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 281
    SHARES
  • चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। 

    images

    बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 


    भेटमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए।

    images

    उनले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको  जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताए।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल