शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 349
    SHARES
  • नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटी केन्द्रमा देखिएकी छन् । 

    images

    पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई देखाइएको छ । यसले त्रिकोणात्मक कथा चलचित्रमा रहेको संकेत गरेको छ । 

    चलचित्र ‘मोदीबेनी’ साउन १८ गते रिलिज हुनेछ । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर चलचित्र बनेको छ । 

    images

    चलचित्रलाई शंकर कोइरालाले निर्देशन गरेका छन् । चलचित्रमा अमर, वर्षा, प्रवीणसँगै सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछानेलगायत कलाकारको अभिनय छ । 
     

  • सम्बन्धित विषय:

  • # मोदीबेनी