शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 359
    SHARES
  • अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ दसैँमा प्रदर्शनमा आउने

    काठमाडौं । अभिनेता विराज भट्टको छोरा समीरको मुख्य अभिनय रहेको चलचित्रको ‘१२ गाउँ’ फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।  

    images

    पोस्टरमा चलचित्रको प्रदर्शन मिति  दसैँलाई तोकिएको छ । पोस्टरमा समीरलाई देखाइएको छ ।  उनको यो डेब्यू चलचित्र बन्ने भएको छ ।

    निर्देशक विराजका अनुसार नेपालमा चलचित्रको छायांकन पूरा भएको छ । एक एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने बताइएको छ । 

    images

    चलचित्रमा एक्सन-थ्रिलर जनरामा आधारित छ । चलचित्रबाट अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दै छन् । उनीहरूसहित बिराज, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु),लगायतको अभिनय रहने छ ।

     

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘१२ गाउँ