शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एकीकृत समाजवादीले छोटो समयमै नेपालको राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेको छ: सभापति देउवा

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 338
    SHARES
  • एकीकृत समाजवादीले छोटो समयमै नेपालको राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेको छ: सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)ले छोटो समयमै नेपालको राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेको बताएका छन् ।

    images

    आइतबार एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले काम गरिरहेको बताए ।

    उनले भने, "नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेन्डा हुन् ।"

    images

    सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । 

  • सम्बन्धित विषय:

  • # सभापति देउवा