काठमाडौं । चलचित्र ‘बुलाकी’आउँदो साउन ३२ गते फेरि प्रदर्शनमा आउने भएको छ ।
चलचित्रका निर्माता तथा कलाकार बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चलचित्र साउन ३२ देखि फेरि प्रदर्शनमा आउन लागेको जानकारी दिएका हुन् ।
उनले २०८० सालको पहिलो दिन चलचित्र प्रदर्शनमा ल्याइएपनि विभिन्न कारणले प्रदर्शनको दोस्रो दिन चलचित्रको प्रदर्शन रोक्नु परेको भन्दै अहिले पुनः प्रदर्शनमा ल्याउन लागेको जनाएका छन् ।
२०८० मा चलचित्रलाई प्रदर्शनले कम शो दिएको भन्दै रिलिजको दोस्रो दिन प्रदर्शन स्थगित गरिएको थियो । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतिकर्ता स्वर्गीय मोती विष्ट हुन् ।
लक्ष्मण सुनार निर्देशित चलचित्रमा सुरक्षा पन्त, बिराज विष्ट, नरेन खड्का लगायतको मुख्य अभिनय रहेको छ । चलचित्रले कर्णाली भेगको जारी प्रथा कथावस्तुको रूपमा उठाएको छ । चलचित्रका निर्माता टोपेन्द्र विष्ट हुन् ।


